औषधी प्रयोगमा ध्यान दिउ

दैलेखमा पछिल्ला बर्षहरुमा लामखुट्टेको संक्रमण बढ्दै गएको छ । नेपालगंज र सुर्खेत दैलेखका लागि दैनिक रुट भएकोले समेत लामखुट्टेको प्रकोप बढ्दै गएको हो । टोकाईवाट सर्ने विभिन्न खाले रोगहरुका     बारेमा आम नागरिकहरु जानकार नभएका कारण कतिपय समस्याहरु हुने गरेका छन् । यस्ता समस्या समाधानका लागि सरकारले बेला बेला ल्याउने अभियानहरुमा सवैले साथ दिनुपर्ने देखिन्छ ।
अभियानका बेला गाउँ गाउँमा पुगेका स्वास्थ्यकर्मीहरुले सेवन गराउने औषधिहरुमा बिशेष ध्यान दिनुपर्ने देखिएको छ ।
यो बर्ष पनि दैलेखमा हात्तिपाईले अभियान थालिएको छ । अभियानलाई सफल पार्नको लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख निकै चनाखो भएर लागेको देखिन्छ ।
क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने हात्तीपाईले रोगको संक्रमणबाट बच्न र बचाउनका लागि दैलेखमा गत बर्षदेखि संचालन हुँदै आएको  अभियान सफल पार्नको लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले विभिन्न चरणमा रोगवारे सबै क्षेत्रका जनसमुदायहरुलाई जानकारी सहित प्रशिक्षण लगायतका कामहरु गरेको छ । जिल्लाभर कार्यरत सवै स्वास्थ्यकर्मीहरुरलाइ प्रशिक्षण भैरहेको छ भने अन्य मातहतका सवै निकाय र पत्रकारहरुसँग समेत अभियानवारे जानकारी गराईएको छ ।     माघ २५ देखी २७ सम्म अभियान  रहेकोले अभियानका बेला गाउँमा खटिने हरेक स्वास्थ्यकर्मीहरुले प्रत्यक्ष       निगरानिमा औषधि सेवन गराउनुपर्ने देखिएको छ । न की संख्या बढाउने नाममा नाम मात्रै लेखेर औषधि खाए नखाएको हुने अभियान यो बर्ष नहोस् यही कामना गर्न चाहान्छौं ।
सवैले औषधि प्रयोग गर्दा बिशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । स्वास्थ्यकर्मीको निगरानीमा सवैले औषधि सेवन गरेपछि मात्र अभियान सफल हुने देखिन्छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार